चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता श्रीमती च्याङ्ग युले आज दश तारिखका दिन पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै ओलम्पिक खेलकुदको राँको रिले कार्यक्रमलाई बेरोकटोक सम्पन्न गरिने कुरा बताउनुभयो। समस्त विश्वमा ओलम्पिक खेलकुदको भावना— शान्ति, मैत्री र प्रगतिको सिद्धान्तको प्रचार-प्रसार गर्ने कार्यलाई कुनै पनि शक्तिले रोक्नसक्दैन भन्नुभयो।
पत्रकारव्दारा सोधिएको एक प्रश्नको जवाफ दिंदै प्रवक्त च्याङ्गले अमेरिकी समय अनुसार नौ तारिख दिउँसो सनफ्रान्सिस्कोमा पैचिङ्ग ओलम्पिक खेलकुदको राँको सफलताका साथ रिले गरिसकिएको छ भन्नुभयो। त्यस बेला मनै छुने अनेकौं क्षणहरु देखापरेका थिए। यस कुराबाट विश्वका जनताहरुले ओलम्पिक खेलकुद समारोहको समर्थन गरी त्यसलाई शुभकामना व्यक्त गर्दैआएका छन् भन्ने कुरा प्रतिविम्वित भएको देखिन्छ।
|