
पैचिङ्ग ओलम्पिक खेलकूदको पवित्र राँको बोकेको विशेष विमान अमेरिकाको सन्फ्रान्सीस्कोबाट स्थानीय समयअनुसार हिजो राती रिले कार्यक्रमको सातौं ठाँउ अर्जिन्टिनाको राजधानी वेनस आइरसतिर प्रस्थान गर्यो।

हिजो अमेरिकाको सन्फ्रान्सीस्कोमा भएको पवित्र राँको रिले कार्यक्रममा पवित्र राँको बोकेका दोस्रो व्यक्तिले आफ्नो यात्रा शुरु गरेपछि सुरक्षाका कारणले सन्फ्रान्सीस्कोको सम्बन्धित पक्षले निर्धारितभन्दा फरक मार्गको प्रयोग गर्ने निर्णय गरेको थियो। अमेरिकाको आदार गर्न पैचिङ्ग ओलम्पिक खेलकूदको पवित्र राँको रिले टोलीका सदस्यले फरक मार्गको प्रयोग गर्न स्विकार गरी रिले कार्यक्रम पूरा भएको थियो।
भोली पैचिङ्ग ओलम्पिक खेलकूदको पवित्र राँको रिले कार्यक्रम अर्जिन्टिनाको राजाधानी बेनस आइरसमा आयोजित हुनेभएको छ।
|