चीनले अमेरिकी कांग्रेसका केही मानिसहरुसँग ओलम्पिक खेलकुद र राँको रिले कार्यक्रमलाई बिथोल्ने गतिविधिलाई रोक्न आग्रह गरेको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याङ्ग युले हिजो अमेरिकी कांग्रेसको तल्लो सभाका अध्यक्ष पेलोसिले साङ्ग्फ्रान्सिस्कोमा ओलम्पिक राँको रिले कार्यक्रमसम्बन्धी वक्तव्यबारे सम्वाददाताद्बारा सोधिएको प्रश्नको उत्तर दिंदै उक्त कुरा बताउनुभएको हो।
सुश्री च्याङ्ग युका अनुसार, साङ्ग्फ्रानसिस्को ओलम्पिक राँको रिले कार्यक्रम चीन र अमेरिकाबीचको एउटा भव्य समारोह हो। दुइ मुलुकका जनताले यस कार्यक्रम सुचारुरुपमा र सफलताका साथ आयोजित हुने आशा गरेका छन्। अमेरिकी कांग्रेसका एक/दुइजनाले साङ्गफ्रान्सिस्कोमा ओलम्पिक राँको रिले कार्यक्रमलाई बिथोल्ने भन्ने कुरा हाक्काहाक्की उक्साएको कुरा हो। यसबाट न्यूनतम नैतिकता र न्यायपूर्णता पूर्णरुपमा गुमेको अनुभव गरिएको छ।
चिनियाँ र विश्वभरिका जनताले पेइचिङ्ग ओलम्पिक खेलकुद राम्ररी आयोजित गर्ने संकल्प दृढ भएको कुरा सुश्री च्याङ्ग युले व्यक्त गर्नुभएको छ। चीनले अमेरिकी कांग्रेसहख एक/दुइजनासँग ओलम्पिक खेलकुद र राँको रिले कार्यक्रमलाई बिथोल्ने गतिविधि रोक्न सम्झाएको छ।
|