|
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याँग युले कोरियाली प्रायद्वीपको आणविक समस्यासम्बन्धी छ-पक्षीय वार्ता अन्तर्गत छ-पक्षीय वार्ताका प्रतिनिधिमण्डलका प्रमुखबीचको वार्ता आयोजना हुने शर्त परिपक्व बन्दैआएको र विभिन्न पक्षले त्यसबारे सक्रिय अडान लिएको विचार चीनले लिएको विचार व्यक्त गर्नुभएको छ।
आज पेइचिँगमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उहाँले उक्त कुरा वताउनुभएको हो। चीनले विभिन्न पक्षसँग सम्बन्धित विषयबारे सम्पर्क र सल्लाह गरी छ-पक्षीय वार्ता प्रक्रियालाई अघि बढाउन र संयुक्त सम्झौतासम्बन्धी निर्णयको पालना गर्नका लागि प्रयास गर्ने कुरा पनि उहाँले वताउनुभयो।
साथै, उहाँले उत्तर कोरिया र अमेरिकाले हिजो चीनलाई आफ्नो वार्ताको अवस्था सुनाउनुका साथै पेश गरेको सम्बन्धित समस्याबारे सम्झौता सम्पन्न भएको कुराको जानकारी पनि दिनुभयो।
|