china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    राष्ट्रिय ओलम्पिक कमिटीहरुको संगठनको साधारण सभाका प्रतिनिधिद्वारा वचनबद्धताको पालना राम्रोसँग गरेकोमा चीनको प्रशंसा
    (GMT+08:00) 2008-04-10 19:53:05    
           राष्ट्रिय ओलम्पिक कमिटीहरुको संगठनको साधारण सभाको सोह्रौं सम्मेलन हिजो पैचिङमा सम्पन्न भयो। यस सम्मेलनको समय-तालिकाअनुसार, राष्ट्रिय ओलम्पिक कमिटीहरुको संगठनको साधारण सभाले अन्तर्राष्ट्रिय ओलम्पिक समितिको कार्यकारी समितिसँग संयुक्त सम्मेलनको आयोजना गर्‍यो। हाम्रा सम्वाददाताले यस सम्मेलनमा सहभागी केही प्रतिनिधिहरुसङ्ग अन्तर्वार्ता गर्नुभएको छ। उहाँहरुले पैचिङ ओलम्पिक खेलकुदको तयारी कार्यको प्रशंसा गर्नुका साथै ओलम्पिक खेलकुदको आयोजना गर्ने अधिकार पाउनका लागि निवेदन दिंदा गरिएका अनेकन वचनबद्धताको पालना चीनले राम्ररी गरेको ठहर व्यक्त गर्नुभयो।

             राष्ट्रिय ओलम्पिक कमिटीहरुको संगठनको साधारण सभा अन्तर्राष्ट्रिय ओलम्पिक समितिका दुइ सय पाँचवटा मुलुक तथा क्षेत्रीय समितिबाट गठित भएको हो। त्यो एउटा महत्वपूर्ण अन्तर्राष्ट्रिय खेलकुद संगठन हो। राष्ट्रिय ओलम्पिक कमिटीहरुको संगठनको साधारण सभाको सम्मेलन हरेक दुइ वर्षमा एक पटक आयोजना गरिन्छ। राष्ट्रिय ओलम्पिक कमिटीहरुको संगठनको साधारण सभाको सोह्रौं सम्मेलन अप्रिल सात तारिखदेखि नौ तारिखसम्म पैचिङमा आयोजित भयो। यस पटकको सम्मेलनमा राष्ट्रिय ओलम्पिक कमिटीहरुको संगठनको साधारण सभाका प्रतिनिधिहरुले पैचिङ ओलम्पिक खेलकुद संयोजन समितिको कार्य-प्रतिवेदन सुन्नुभयो। सम्मेलनको समय-तालिका अनुसार, राष्ट्रिय ओलम्पिक कमिटीहरुको संगठनको साधारण सभाले अन्तर्राष्ट्रिय ओलम्पिक समितिको कार्यकारी समितिसँग संयुक्त सम्मेलनको आयोजना गर्‍यो। त्यस संयुक्त सम्मेलनमा पैचिङ ओलम्पिक खेलकुद फेरि महत्वपूर्ण विषय बनेको छ।

             राष्ट्रिय ओलम्पिक कमिटीहरुको संगठनको साधारण सभाका अध्यक्ष मारिओ भाचक्वीच रानाले हाम्रा सम्वाददातासँग कुराकानी गर्दै पैचिड 2008 ओलम्पिक खेलकुदको तयारी कार्य निकै उत्कृष्ठ रहेको छ र यसबाट चीनले एक पटकको उत्कृष्ठ ओलम्पिक खेलकुदको आयोजना गर्नका लागि प्रयास गरिरहेको कुरा प्रष्ट भएको विचार व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो,

            अहिले हामीले निरन्तररुपमा प्रयास गरिरहेका छौं। यस वर्ष आयोजना हुने पैचिङ ओलम्पिक खेलकुद इतिहासमा एउटा सबैभन्दा राम्रो ओलम्पिक खेलकुद हुनसक्ने आशा हामीले गरेका छौं। अहिले हामी यस लक्ष्यलाई साकार तुल्याउन लागिपरेका छौं। पैचिङ ओलम्पिक खेलकुद निःसन्देश इतिहासमा सबैभन्दा राम्रो एउटा ओलम्पिक खेलकुद हुनेछ।

            अध्यक्ष मारिओ भाचक्वीच रानाका अनुसार, अन्तर्राष्ट्रिय ओलम्पिक समितिका दुइ सय पाँचवटा मुलुक तथा क्षेत्रीय समितिका प्रतिनिधिहरुले पैचिङ ओलम्पिक खेकलदुको सक्दो समर्थन गर्नुभएको छ। उहाँहरुले ओलम्पिक खेलकुदको आयोजना गर्ने निवेदन गर्दा दिइएका अनेकन वचनबद्धताको पालना चीनले गरेको ठहर व्यक्त गर्नुभयो।

            फ्रान्सेली ओलम्पिक समितिका उपाध्यक्ष बेर्मार्द लेपासेटले हाम्रो रेडियोका सम्वाददातालाई दिनुभएको अन्तर्वार्तामा पैचिंग ओलम्पिक खेलकुदका लागि बनाइएका रंगशाला र आभ्यन्तर रंगशाला देखेर फ्रान्सेली ओलम्पिक समितिलाई ज्यादै सन्तोष लागेको कुरा बताउनुभयो। उहाँले भन्नुभयो-  

         "पैचिंगले धेरै राम्ररी काम गरेको छ। मैले पैचिंगका केही ठाउँको निरीक्षण गरेको थिएँ। रंगशाला र आभ्यन्तर रंगशाला एकदमै ठूला र फराकिला देखिन्छन। म के कुरा ठोकेर भन्न सक्छु भने, खेलाडीहरुका लागि ती प्रतियोगिताका सर्वोत्तम स्थान हुनेछन। केही महिनापछि पैचिंग ओलम्पिक खेलकुद अवश्य एक भव्य कार्यक्रम हुनेछ"।

             विगत केही वर्षदेखि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले ओलम्पिक खेलकुदको आयोजक शहरको वातावरण समस्यालाई महत्वपूर्ण स्थानमा राखेको छ। ओलम्पिक खेलकुदले वातावरणप्रतिको मागबाट क्रमशः प्राकृतिक वातावरणको संरक्षण गर्ने र त्यसको समुचितरुपमा प्रयोग गर्ने लक्ष्यतर्फ प्रयास गरिरहेको छ। चीन सरकारले ओलम्पिक खेलकुदको आयोजना गर्न पाउँ भनी दर्खास्त दिंदा गम्भीरतापूर्वक "हरित ओलम्पिक " भन्ने नारा दिएको थियो। यसका लागि राष्ट्रिय ओलम्पिक कमिटीहरुको संगठनको साधारण सभामा सहभागी हुनुभएका अन्त‌र्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष ज्याक्वेस रोगेले भन्नुभयो- चीन सरकारले पैचिंग ओलम्पिक खेलकुदको तयारी गर्ने क्रममा वातावरणीय सुधारका लागि प्रशस्त कामकुरा गर्नेगरेको छ। यसैले ओलम्पिक खेलकुदको आयोजना भइरहने अवधिमा पैचिंगको वातावरणको गुणस्तरको प्रत्याभूति गर्न पक्का हुनेछ। उहाँले भन्नुभयो-  

            "बितेका छदेखि आठ वर्षसम्मको अवधिमा चीनको औद्योगिक विकास निकै तिव्ररुपमा भइरहेको छ। यसबाट जल-वायु निश्चित मात्रामा प्रदूषित भएको छ। तर चीन सरकारले यसका लागि धेरै प्रभावकारी पाइलाहरु चालेको कुराको हामी सराहना गर्दछौं जुन पैचिंग ओलम्पिक खेलकुदका लागि मात्र नभई अझ झन दीर्घकालीन दृष्टिबाट वातावरणीय समस्याको समाधानका लागि हो"।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040