पैचिङ्ग ओलम्पिक खेलकूदको पवित्र राँको रिले कार्यक्रम भोली अर्जिन्टिनाको राजधानी बेनस आइरसमा शुरु हुनेभएको छ। अर्जिन्टिनामा भएका मुख्य भूमि तथा थाइवानका देश-बन्धुहरुले हाल पवित्र राँकोको स्वागतका लागि हार्दिकताका साथ प्रतिक्षा गरिरहेका छन।
धेरै वर्षसम्म अर्जिन्टिनामा बस्नुभएका ल्यु त्वै नामक थाइवानेली समूहका प्रमुख त्रिसट्ठी वर्षीय वन यौङ छुन बेनस आइरसमा हुने पवित्र राँको रिले कार्यक्रममा पवित्र ज्योति बोक्नुहुने छ।
अर्जिन्टिना-चीन शान्ति एकीकृत प्रवर्द्धन संघका महासचिव लो छाउ सिले यस पटकको रिले कार्यक्रम त्यहाँ रहेका देश-बन्धुहरुलाई प्रोत्साहित गरेको विचार व्यक्त गर्नुभयो। अर्जिन्टिनामा बस्नुभएका थाइवानेली देश-बन्धु चुङ छीङ तथा चुङ रौङले पैचिङ्गमा ओलम्पिक खेलकूदको आयोजना हुने कुरा विश्वमा रहेका सम्पूर्ण चिनियाँ मूलका प्रवासीहरुका लागि गौरवको कुरा हो र थाइवानेली देश-बन्धुहरुले रिले कार्यक्रममा सक्रियताका साथ भाग लिने कुरा बताउनुभयो।
थाहा भएअनुसार, बेनस आइरसमा हुने रिले कार्यक्रमको कूल दूरी तेह्र किलोमिटर हुने छ।
|