
पैचिङ्ग नगरको पर्यटन ब्यूरोका जिम्मेवार व्यक्तिले आज दश तारिखका दिन बोल्दै पैचिङ्गको पर्यटन उद्योगव्दारा ओलम्पिक खेलकुद समारोह हुँदाखेरी पर्यटकहरुलाई स्वागत गर्ने कामकाज राम्रोसित तम्तयार गरिसकेको कुरा बताउनुभएको छ। उहाँको भनाइअनुसार, उक्त किसिमको सेवाको आवश्यकता पूरा गर्ने पैचिङ्गको क्षमता छ।
पैचिङ्गको पर्यटन ब्यूरोका प्रमुख श्रीमती चाङ्ग व्है क्वाङ्गको भनाइअनुसार, पोहोर सालको अन्तसम्म पैचिङ्ग नगरले अन्तर्राष्ट्रिय खेलकुद समारोह समितिका सामु देखाइएको आफ्नो वचनबद्धतालाई तोकिएको समय अगावै पूरा गरेको छ जसअनुसार समस्त नगरमा तारे होटलहरुको संख्या आठ सयभन्दा बढी छ र कोठाहरुको संख्या एक लाख तीस हजारभन्दा बढी छ।
अनुमान गरिएअनुसार, ओलम्पिक खेलकुद समारोहका अवसरमा पैचिङ्गले विदेशी पर्यटक र दर्शकहरुलाई सत्कार गर्नेभएको छ।
|