
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याङ्ग युले आज एघार तारिखका दिन अमेरिकी प्रतिनिधि सभाव्दारा चीनको तिब्बतसित सम्बन्धित चीन विरोधी निर्णय-प्रस्ताव पारित गरिएकोमा उक्त निर्णय-प्रस्तावले जानाजानी तिब्बतको इतिहास र वर्तमान अवस्थालाई बंग्याएर क्रूरतापूर्वक चीनका आन्तरिक मामिलामा हस्तक्षप गरेकोमा चीनले निकै क्रोधित भई त्यसको दृढताका साथ विरोध गरेको कुरा बताउनुभएको छ।
उहाँको भनाइअनुसार, अप्रील नौ तारिखका दिन अमेरिकी प्रतिनिधि सभाले चीनको गम्भीर अडानका वावजुद जानाजानी उक्त सभाका अध्यक्ष नान्ची फेलोसीव्दारा तयार पारिएको तिब्बतसम्बन्धी चीन विरोधी निर्णय-प्रस्ताव पारित गरेको थियो। त्यसले नराम्रोसित चिनियाँहरुको भावनामा घात पुर्याएको छ। त्यसै भएको हुनाले चीनले निकै क्रोधित भई त्यसको दृढताका साथ विरोध गरेको छ।
उहाँले के कुरा पनि बताउनुभएको छ भने, तिब्बत चीनका अभिन्न भू-भाग हो। तिब्बती समस्या चीनको आन्तरिक मामिला नै हो।
चीनले तथ्य कुराको सम्मान गर्न, चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न अमेरिकी संसदलाई आग्रह गर्दैआएको छ।
|