china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको केन्द्रीय सरकार तथा दलाइ गूट बीचको अन्तर्विरोध मात्रृभूमिलाई पृथक पार्ने तथा मात्रृभूमिको एकीकरणको संरक्षण गर्ने बीचको समस्या हो भन्ने कुरा चीनका राष्ट्राध्यक्ष हुद्बारा व्यक्त
    (GMT+08:00) 2008-04-12 18:16:47    

          चीनका राष्ट्राध्यक्ष हु चिन थाऊले आज बाह्र तारिखका दिन चीनको सान यान नगरमा बोल्दै तिब्बती मामिला चीनको आन्तरिक मामिला हो र केन्द्रीय सरकार तथा दलाइ गूट बीचको अन्तर्विरोध जातीय समस्या अथवा धार्मिक समस्या वा मानव अधिकार सम्बन्धी समस्या होइन र यो अन्तर्विरोध चाहिं मात्रृभूमिलाई पृथक पार्ने तथा मात्रृभूमिको एकीकरणको संरक्षण गर्ने बीचको समस्या हो भन्ने अडान व्यक्त गर्नुभएको छ।

           राष्ट्राध्यक्ष हु चिन थाऊले आज सान यान नगरमा चीनको भ्रमणमा रहनुभएका अस्ट्रेलियाली प्रधान मन्त्री केभिन रुदसँग कुराकानी गर्दै उक्त कुरा भन्नुभएको हो।

           राष्ट्राध्यक्ष हुले केन्द्रीय सरकार तथा दलाइ बीच वार्ता गरिने ढोका खुला अझै पनि भइरहेको र दुइ पक्ष बीचमा रहेको वार्ताको बाधा दलाइ पक्षमै भएको कुरामा जोड दिनुभयो। उहाँले भन्नुभयोः दलाइले सदिच्छा लिएको खण्डमा आफ्नो सदिच्छालाई व्यवहारमा उतार्नुपर्ने छ। दलाइ पक्षले मात्रृभूमिलाई पृथक पार्ने गतिविधि हिंसात्मक गतिविधिलाई उक्साउने गतिविधि तथा पैचिङ्ग ओलम्पिक खेलकूदलाई ध्वस्त पार्ने गतिविधिलाई बन्द गरेको खण्डमा दलाइसँग निरन्तर वार्ता गर्ने हाम्रो इच्छुक रहेको छ।

           उक्त भेटमा अस्ट्रेलियाली प्रधान मन्त्री रुदले अस्ट्रेलियाले तिब्बत तथा थाइवानको सार्वभौमसता चीनसँग भएको कुरालाई पूर्ण स्वीकार गरी एक चीन भन्ने नीतिको परिवर्तन नगर्ने कुरामा जोड दिनुभएको छ। साथै उहाँले पैचिङ्ग ओलम्पिक खेलकूद सफल हुने शुभकामना पनि व्यक्त गर्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040