चीनको राष्ट्रिय खेलकूद प्रधान व्यूरोका उप-प्रमुख छ्वी ता लिनले आज एघार तारिखका दिन पैचिङ्गमा बोल्दै चिनियाँ प्रतिनिधिमण्डलले पैचिङ्ग ओलम्पिक खेलकूदका सम्पूर्ण अठाइस वटा खेलका प्रतियोगितामा भाग लिने र खेलाडीहरुको कूल संख्या पाँच सय असी भन्दा बढी हुने जानकारी दिनुभएको छ। यो ओलम्पिक खेलकूदको इतिहासमा सबभन्दा बढी चिनियाँ खेलाडीहरुले भाग लिने र सबभन्दा पूर्ण खेलमा सहभागी हुने ओलम्पिक खेलकूद हुने छ।
उहाँले राम्रो उपलब्धि हासिल गर्नु चिनियाँ प्रतिनिधिमण्डलले ओलम्पिक खेलकूदमा भाग लिने पूर्ण लक्ष्य होइन भन्नुभयो। संयोजक मुलुकको हैसियतले चीनले ओलम्पिक खेलकूदको तयारी तथा त्यसमा भाग लिनुमार्फत विभिन्न मुलुकका जनता बीचको आदान-प्रदान तथा मित्रतालाई प्रवर्द्धन पारी चिनियाँ समाजको प्रगति तथा खेलकूदको विकास क्रममा हासिल उपलब्धिलाई देखाउने आशा चीनले लिएको कुरा पनि उहाँले बताउनुभएको छ।
|