हाल केही विदेशी राजनीतिज्ञ र अधिकारीले ओलम्पिकलाई राजनीतिकरण पार्न विरोध गर्दै यस्तो कुचेष्टा विफल हुनै पर्ने कुरा औंल्याउनुभएको छ। यसका साथै उहाँहरुले पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र राँकोको रिले कार्यक्रममा नोक्सानी पुर्याएको गतिविधिको निन्दा पनि गर्नुभएको छ।
प्रजातान्त्रिक जन गणतन्त्र कोरियाको ओलम्पिक समितिका प्रवक्ताले हिजो प्यौंयौंमा बोल्दै पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र राँकोको रिले कार्यक्रममा नोक्सानी पुर्याउन खोजेका केही खराब शक्तिमाथि दोषारोपण गर्नुका साथै यो ओलम्पिक खेलकुदसामु पुर्याइएको त्रास रहेको कुरा औंल्याउनुभएको छ।
भारतको प्रतिनिधि सभाका सभामुख सोम्नाथ चाटेर्चीले अस्ति बोल्दै ओलम्पिक खेलकुद नै सारा विश्वको खेलकुद क्षेत्रको भव्य समारोह रहेकाले यसलाई राजनैतिक समस्यासँग जोड्नुहुँदैन भन्नुभयो। यसका साथै उहाँले पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र राँकोको रिले कार्यक्रमको सफलताको सकेसम्म प्रत्याभूत गर्ने छ भन्दै पैचिङ्ग ओलम्पिक खेलकुदको पूरै सफलताका लागि हार्दिक शुभाकामना व्यक्त गर्नुभएको छ।
अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुद समितिका मानार्थ अध्यक्ष चुआन आन्टोनिव सामारान्चले हाल बोल्दै राजनैतिक कुचेष्टा लिएर ओलम्पिक खेलकुदको प्रयोग गर्ने कारवाहीको विरोध गर्नुका साथै ओलम्पिक खेलकुदपछि चीन अझ खुलस्त हुने विश्वास व्यक्त गर्नुभएको छ।
|