

आज चौध तारिख सबेरै पाँच बजेर बीस मिनेट जाँदा पैचिङ्ग ओलम्पिकको ज्योति बोकेको विशेष विमान तान्जानियाको राजधानी दार-ए-सलामबाट ओमनको राजधानी मस्कट पुग्यो। यस पटक पैचिङ्ग ओलम्पिक खेलकुदको ज्योति सारा विश्वमा घुमाउने क्रममा यो नवौं ठाउँ हो।


पैचिङ्ग ओलम्पिक संयोजन समितिका कार्यकारिणी उपाध्यक्ष लिउ चिङ्ग मिन ओलम्पिकको ज्योति बोकेर उक्त विशेष विमानबाट ओर्लनुभयो। उहाँको स्वागतका लागि ओमनका खेलकुद मन्त्री एवम् ओमन ओलम्पिक खेलकुद संयोजन समितिका अध्यक्ष अलि बीन मासौद तथा ओलम्पिक ज्योति मस्कटमा घुमाउने कार्यको जिम्मा लिने मुख्य व्यक्ति एवम् ओमन ओलम्पिक खेलकुद संयोजन समितिका उपाध्यक्ष हाबिब माकी मस्कट विमानस्थलमा उपस्थित हुनुहुन्थ्यो। ओमनका लागि चिनियाँ राजदूत फान वै फाङ्गको पनि उक्त स्वागत समारोहमा उपस्थिति थियो।

प्राप्त जानकारीअनुसार, ज्योति हस्तान्तरण समारोह स्थानीय समयअनुसार दिउँसो पाँच बजेदेखि शुरु हुने कार्यक्रम छ।

|