 ल्हासामा मार्च चौधको घटना भएको आज एक महिना भएको छ। हाल ल्हासाको सामाजिक अवस्था सामान्य हुँदैगएको देखिन्छ।
बितेको एक महिनामा पोताला दरबार फेरि खुला भएको छ। र केही महत्वपूर्ण परियोजनाहरु क्रमशः शुरु हुँदैआएका छन। तिब्बतमा भित्रिने र बाहिरिने मानिसहरुको संख्या बढ्दैगएको छ। बासिन्दाहरुको जीवन फेरि सामान्य हुनथालेको छ।
ल्हासा शहरका प्रमुख दोर्जे त्सेजुले पत्रकारहरुसित कुराकानी गर्दै मार्च चौध तारिखका दिन गराइएको लूटपाट, तोडफोड र आगजनीका घटनाले ल्हासाको पर्यटन उद्योगलाई नराम्रो असर पारेको छ, तापनि उक्त असर छोटो समयको हो भन्नुभयो। अब उपरान्त ल्हासाको पर्यटन उद्योगको विकासप्रति उहाँ विश्वस्त हुनुहुन्छ।
|