गणतन्त्र कोरियाका प्रधान मन्त्री हान सेउंग सो, स्वीजर्ल्याण्डको संसद मातहत स्वीजर्ल्याण्ड-चीन टोलीका महासचिव पैरे कोहलर, गीनीको परराष्ट्र मन्त्रालयका महासचिव सिसे जस्ता केही मुलुकका राजनीतिक क्षेत्रका व्यक्तिहरुले पैचिंग ओलम्पिक खेलकुद सन् 2008को समर्थन गर्ने कुरा बताउनुभएको छ।
गणतन्त्र कोरियाका प्रधान मन्त्री हान सेउंग सोले चौध तारिखका दिन बोल्दै सोलमा आयोजना हुने ओलम्पिक खेलकुदको रांको रिले कार्यक्रम ओलम्पिकको भावनालाई फैलाउने एक सुअवसर बन्ने आशा व्यक्त गर्नुभयो।
स्वीजर्ल्याण्डको संसद मातहत स्वीजर्ल्याण्ड-चीन टोलीका महासचिव पैरे कोहलरले तेह्र तारिखका दिन पत्रकारहरुसङ्ग कुराकानी गर्दै ओलम्मपिक लेखकुदलाई राजनीतिको साधन बनाउनुहुँदैन भन्दै ओलम्पिक खेलकुदको प्रतिरोध गर्नु गलत छ भन्नुभयो।
गिनीका परराष्ट्र मन्त्रालयका महासचिव सिसेले भन्नुभयोः गिनी सरकारले ओलम्पिक खेलकुदलाई राजनीतिकरण गर्ने कुराको विरोध गर्दछ। उहाँले दलाई गुटव्दारा लाह्सामा हिंसात्मक काण्ड मच्चाएर ओलम्पिक खेलकुद बिथोल्ने कुचेष्टा गरेकोमा त्यसको विरोध गर्नुभयो। तिब्बतमा शान्ति र विकासको संरक्षण गर्न चीन सरकारले चालेको कदमलाई बुझेर गिनी सरकारले त्यसको समर्थन गरेको छ। तिब्बतको समस्या चीनको आन्तरिक मामिला भएको कुरामा उहाँले जोड दिनुभयो।
|