china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ओलम्पिक खेलकुदको राँको भारतमा घुमाउँदा भारतीय पक्षले प्रभावकारी रुपमा साथ दिनसक्ने चीनको विश्वास
    (GMT+08:00) 2008-04-15 19:12:54    

                  चीनको परराष्ट्र मन्त्रलायका प्रवक्ता च्यांग युले पन्ध्र तारिखका दिन पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै भारतमा ओलम्पिक खेलकुदको राँको घुमाउँदा भारतका सम्पूर्ण जनताले समर्थन गर्ने र भारतीय पक्षले प्रभावकारी रुपमा साथ दिने विश्वास चीनले गरेको छ भन्नुभयो। च्यांग युले पत्रकारको सम्बन्धित प्रश्नको जवाफ दिंदै उक्त कुरा बताउनुभएको छ।

                 उहाँले भन्नुभयोः केही वर्ष यता चीन र भारतबीचको सम्बन्धको विकासमा राम्रो प्रवृत्ति देखापरेको छ भने चीन र भारत दुबै पक्षले विभिन्न तहमा गहनरुपमा आदान-प्रदान गर्दैआएका छन। ओलम्पिक खेलकुदको आयोजना गर्ने समस्यामा भारतले पटक-पटक गरी के कुरा व्यक्त गर्नेगरेको छ भने, ओलम्पिक खेलकुदको राँको भारतमा घुमाउनु भारतीय जनताको इज्जत हो। भारतले यस पवित्र राँको भारतमा घुमाउने कार्यलाई निकै महत्व दिएको छ। यसतर्फ चीन र भारतले गहनरुपमा सामन्जस्य गर्दैआएका छन।

                 च्यांग युले अगाडी भन्नुभयोः भारतले प्रभावकारी रुपमा ओलम्पिक खेलकुदको पवित्र राँको घुमाउने कार्यलाई सुचारु रुपमा अघि बढाउनका लागि प्रभावकारी कदम चाल्ने विश्वास चीनले गरेको छ। तिब्बतको स्वतन्त्रता पक्षधर तत्वहरुले भारतमा राँको घुमाउने कार्यलाई बिथोलेमा उनीहरुको पृथकतावादी र ओलम्पिकलाई बिथोल्नखोज्ने उनिहरुको वास्तविक अनुहार छर्लंग हुनेछ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040