 चीनको स व्छान् प्रान्तको आ पा जिल्लाको त्सान्नी मन्दिरका भिक्षुहरुले हिजो राष्ट्रिय झण्डोत्तोलन र वृक्षारोपण गरी पैचिंग ओलम्पिक खेलकुदका लागि शान्तिको प्रार्थना गरेका छन।

त्सान्नी मन्दिरले सन् 1984 देखि प्रत्येक वर्ष राष्ट्रिय झण्डोत्तोलन र वृक्षारोपण गर्ने कार्यक्रम गर्दैआएको छ जसबाट यांगत्से नदीको माथिल्लो भागको पर्यावरणको संरक्षणका लागि आफ्नो योगदान प्रदान गर्नसकियोस। ठ्याक्कै यस वर्ष ओलम्पिक खेलकुद पैचिंगमा आयोजना हुनेछ। रोपिएका हजारौं हरिया रुखहरुबाट ओलम्पिक खेलकुद सफल होस् भन्ने भिक्षुहरुको शुभकामना व्यक्त गरिएको छ।

त्सान्नी मन्दिरका भिक्षुहरुका अनुसार, ओलम्पिक खेलकुद पूरै मानव जातिको ठूलो कार्यक्रम हो, त्यो चिनियाँ जातिको पनि गौरव हो। दलाई गुटबाट रचिएको ओलम्पिकको राँको घुमाउने कार्यक्रमलाई बिथोल्ने गतिविधिले हरेक शान्तिप्रेमी जनतालाई क्रोधित बनाएको छ।

सोही दिन स व्छान् प्रान्तको आ पा जिल्लामा रहेका अन्य बौद्ध मन्दिरका भिक्षुहरुले पनि पैचिंग ओलम्पिक खेलकुदका लागि प्रार्थना गरेका छन।


|