china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    फ्रान्सका विभिन्न पक्षव्दारा चीन र फ्रान्सबीचको साझेदारी सम्बन्धलाई व्यवहारमा उतार्ने आशाः चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता
    (GMT+08:00) 2008-04-15 18:26:16    
                  चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्यांग युले आज पैचिंगम बोल्दै चीनले चीन-फ्रान्स साझेदारी सम्बन्धलाई मूल्य दिएको छ भन्दै फ्रान्सका विभिन्न पक्षले व्यवहारमा यस सम्बन्धलाई मूल्यवान ठान्नुका साथै यस सम्बन्धको अझ विकास गर्न उत्तम पूर्वाधार सिर्जना गर्ने र सकारात्मक प्रयास र योगदान गर्ने आशा पनि व्यक्त गर्नुभयो।

                  केही समयदेखि यता फ्रान्सका केही संचार माध्यमले प्यारिसमा ओलम्पिक खेलकुदको पवित्र राँको घुमाउने कुरा बारे नकारात्मक समाचार दिएका छन् भने चिनियाँ प्रवासी र चिनियाँ मूलका विदेशीहरुले त्यसप्रति कडा रोष व्यक्त गरेका छन। आजको परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा चिनियाँ जन-साधारणले फ्रान्सका सामानहरुको प्रतिरोध गर्ने अपील बारे के कस्तो टिप्पणी छ भनेर पत्रकारव्दारा सोधिएका प्रश्नको जवाफ दिंदै च्यांग युले भन्नुभयोः केही कारणले गर्दा चिनियाँ जन-साधारणको यो भावना सार्वजनिक भएको हो। मलाई के विश्वास छ भने, चीनका जनता कानूनको परिधिभित्र रहेर उचित उपाय मार्फत उनीहरुको उचित माग अभिव्यक्त गर्नपाउँछन।

                  फ्रान्सले चिनियाँ जनताको आवाज सुनेर केही समस्यामा वस्तुगत र निष्पक्ष अडान लिने, तथ्यको सम्मान गर्ने, कालो-सेतो छुट्याउने र धेरै मुलुक जस्तै चीन सरकारको जायज अडानलाई बुझ्ने र त्यसको समर्थन गर्ने आशा चीनले गरेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040