
यस वर्षको फेब्रअरी एघार तारिख पैचिंग ओलिम्पिक खेलकूद शुरु हुने दिनदेखि एक सय उनासी दिन बाँकी रहेको उपलक्ष्यमा ओलिम्पिक खेलकूदको राँको पार हुने मुलुकहरुमध्येको एकको रुपमा रहेको पाकिस्तानले ओलिम्पिक खेलकूदको राँको आफ्नो मुलुकमा हस्ताँतरण गर्ने योजनालाई पहिलो पटक सार्वजनिक गर्यो साथै पहिलो खेपका छजना राँको बोक्ने दूतलाई छनौट गरेको छ।
पैचिंग ओलिम्पिक खेलकूदका लागि राँको रिले कार्यक्रम चाहिं आधुनिक ओलिम्पिक खेलकूदको इतिहासमा सबैभन्दा लामो दूरी हुने र राँको बोक्ने दूतको संख्या सबैभन्दा बढी रहने पहिलो खेलकूद यस पटकको हुनेछ। जस अनुसार ओलिम्पिक खेलकूदको राँको पृथ्वीका पाँच महाद्बीपका बीसवटाभन्दा बढी शहरहरु भएर चीनका एकतीसवटा प्रान्त, स्वायत्त प्रदेश र केन्द्रशासित शहरहरुमा हस्ताँतरण गरिने भएको छ र अन्तमा विश्वको सर्वोच्च चुचुरो सगरमाथामा पुर्याइनेछ। राँको रिले हुने समय एक सय तीस दिन, कुल लम्बाई एक लाख सैतीस हजार किलोमीटर र राँको बोक्ने दुतहरुको संख्या पूर्व रेकर्डलाई तोडेर एकाइस हजार आठ सय असीजना हुने गरी निर्धारित गरिएको छ। अप्रिल सोह्र तारिख ओलिम्पिक खेलकूदको राँको पाकिस्तानमा पुग्नेछ।

फेब्रअरी एघार तारिख इस्लामावादमा आयोजित पत्रकार सम्मेलनमा पाकिस्तानी ओलिम्पिक खेलकूद समितिका अध्यक्ष आरिफ हासानले ओलिम्पिक खेलकूदको राँको पाकिस्तानमा आउन लागेकोमा खुशी व्यक्त गर्दै भन्नुभयो-
"ओलिम्पिक खेलकूदको राँको रिले कार्यक्रममा सहभागी हुने शहरहरुमध्येको एक छनौट गरिएकोमा इस्लामावाद अति गौरवान्वित छ। हुन त राँको पाकिस्तानमा पार हुने ठाउँ त्यतिको ठूलो नभए पनि यसबाट तमाम पाकिस्तान लाभान्वित हुने भएको छ। राँको रिले कार्यक्रमलाई पाकिस्तानका सबैभन्दा महत्वपूर्ण घटनाहरुमध्येको एकका रुपमा बनाउन हामी सक्दो प्रयास गर्नेछौं। पैचिंग ओलिम्पिक खेलकूद चाँजोपाँजो समिति र चिनियाँ जनताले हामीलाई यस्तो सौभाग्य प्रदान गरेकोमा हामी आभारी छौं"।

"मेलमिलाप यात्रा" नामक विषयवस्तुमा रहेको पैचिंग ओलिम्पिक खेलकूदका राँको रिले कार्यक्रमको नारा चाहिं "उत्साहलाई प्रज्वलित गरौं, सपनाको हातेसार गर" भन्ने रहेको छ। राँको बोक्ने दूत छान्ने सिद्धान्तहरुमध्येको एक चाहिं "मेलमिलाप यात्रा" भन्ने विषयवस्तुमा आधारित हुनुपर्दछ। पाकिस्तानले पनि यस सिद्धान्त मानेर राँको बोक्ने दूत छानेको हो। पहिलो खेपमा छनौट गरिएका ती छजना राँको बोक्नेहरुमध्ये तीनजना चाहिं वातावरण संरक्षणसित सम्बन्धित गैर सरकारी संगठनका प्रतिनिधिहरु छन्। श्रीमती यास्मिन राशिद तीमध्येकी एक हुन्। उहाँ पाकिस्तानको गैरसरकारी संस्था जल किफायत संघका संस्थापकहरुमध्येकी एक हुन्। उहाँले हाम्रा पत्रकारलाई दिनुभएको अन्तर्वार्तामा आफ्नो उद्गार पोख्दै भन्नुभयो-
|