
 स्थानीय समयअनुसार आज सोह्र तारिख सबेरै सुन्ना बजेर पच्चीस मिनेट जाँदा पैचिङ्ग ओलम्पिकको ज्योति बोकेको विशेष विमान पाकिस्तानको राजधानी इस्लामावाद पुग्यो। यस पटक पैचिङ्ग ओलम्पिक खेलकुदको ज्योति सारा विश्वमा घुमाउने क्रमको यो दशौं ठाउँ हो। इस्लामावादमा ओलम्पिक ज्योतिको स्वागत गरिएको यो पहिलो पटक पनि हो।

पैचिङ्ग ओलम्पिक खेलकुद संयोजन समितिका कार्यकारिणी उपाध्यक्ष च्याङ्ग स्याउ यु ओलम्पिकको ज्योति बोकेर उक्त विशेष विमानबाट ओर्लनुभयो। उहाँको स्वागतका लागि विमान स्थलमा आयोजित स्वागत समारोहमा पाकिस्तानी ओलम्पिक समितिका अध्यक्ष सायेद अरिफ हासान तथा पाकिस्तानका लागि चिनियाँ राजदूत लो चाउ व्है उपस्थित हुनुहुन्थ्यो।


प्राप्त जानकारीअनुसार, राँको घुमाउने कार्यक्रम स्थानीय समयअनुसार दिउँसो चार बजे शुरु हुने कार्यक्रम छ।

|