china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ओलम्पिक खेलकुदको बहिष्कारबाट खेलाडीहरुलाई मात्र नोक्सान पुग्नेः मलेशियाको ओलम्पिक समितिका महासचिव
    (GMT+08:00) 2008-04-16 11:48:33    
                 मलेशियाको ओलम्पिक समितिका महासचिव शे को चोंगले हालै चिनियाँ पत्रकारसित कुराकानी गर्दै खेलकुदलाई राजनीतिको साधन बनाउनु नहुने कुरा बताउनुभएको छ। उहाँले ओलम्पिक खेलकुदको बहिष्कार गर्नु खालि खेलाडीहरुलाई क्षति पुर्‍याउनु हो भन्नुभयो।

                 उहाँका अनुसार, खेलाडीहरुको खेल-जीवन निकै छोटो हुन्छ। धेरै वर्षसम्म मेहनत र दुःख-कष्ट झेलेर अभ्यास गर्नुको उद्दश्य हो, अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो क्षमता प्रदर्शन गर्नु र किर्तिमान कायम गर्ने प्रयास गर्नु अनि आफ्नो मुलुक तथा जनताका लागि सेवा गर्नु हो। बहिष्कारका कारण खेलाडीले ओलम्पिक खेलकुदमा भाग लिने अवसर गुमाएमा उसको जोस जाँगर गुम्ने सम्भावना हुन्छ।

                  शे को चोंगले एशियाली मुलुकको हैसियतले चीनमा ओलम्पिक खेलकुदको आयोजना हुनलागेकोमा मलेशिया गौरवान्वित भएको कुरा बताउनुभयो। उहाँले अगष्ट महिनामा पैचिंगमा आयोजना हुने ओलम्पिक खेलकुदमा मलेशियाली खेलाडीहरुले स्वर्ण पदक प्राप्त गर्नसक्ने आशा पनि व्यक्त गर्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040