
तिब्बत स्वायत्त प्रदेशका सम्बन्धित अधिकारीले भन्नुभएअनुसार, तिब्बती जाति प्रधानता हुने जातीय कार्यकर्ताहरु तिब्बतका विभिन्न तहका नेतृत्वदायी समूह र कार्यकर्ताहरुको पंक्तिमा मुख्य शक्ति बनिसकेका छन। उनीहरुले तिब्बतको विकास र निर्माण कार्यमा अतुलनीय भूमिका निर्वाह गरेका छन।
सन् 1951ताका तिब्बतको शान्तिपूर्ण मुक्तिअघि पुरानो तिब्बतमा आधुनिक स्तरको एउटै प्राथमिक विद्यालय पनि थिएन भने विद्यालयमा भर्ना हुने उमेर पुगेका वाल-वालिकाहरुको भर्ना दर दुई प्रतिशत पनि पुगेको थिएन अनि युवक र प्रौढ व्यक्तिहरुमध्ये 95% निरक्षर थिए। तर आज आएर आधुनिक ज्ञान हासिल गरेका तिब्बती तथा अरु जातीय कार्यकर्ताहरु तिब्बतको विकासका लागि प्रेरक शक्ति बनेका छन।
|