अमेरिकी ओलम्पिक समितिका अध्यक्ष युबर्रोथले हिजो शिकाकोमा बोल्दै अगष्ट महिनामा पैचिंगमा आयोजना हुने ओलम्पिक खेलकुदमा सहभागी हुनका लागि अमेरिकी ओलम्पिक समितिले छ सय सदसीय खेलकुद प्रतिनिधिमण्डलको गठन गर्ने कुरा बताउनुभयो। सोही दिन आयोजित ओलम्पिक खेलकुदसम्बन्धी अमेरिकी प्रतिनिधिमण्डलको प्रेस समारोहमा बोल्दै युबर्रोथले उक्त कुरा बताउनुभएको हो।
उहाँका अनुसार, अमेरिकी प्रतिनिधिमण्डलले पैचिंग ओलम्पिक खेलकुद बहिष्कार गर्नेछैन।
सोही दिन अमेरिकी प्रतिनिधिमण्डल यौटा शुद्ध टोली हुने वचनवद्धता पनि युबर्रोथले दिनुभयो। अर्थात् अमेरिकी ओलम्पिकले ओलम्पिक खेलकुदको अवधिमा मादक औषधिसम्बन्धी नराम्रो कुरा उत्पन्न हुन नदिनका लागि आवश्यक कदम चाल्नेछ।
|