दक्षिण-पश्चिमी चीनको स छुआन प्रान्तको कान्च तिब्बत स्वायत्त प्रिफेक्चरका एक सयभन्दा बढी चित्रकारले गत चार वर्षदेखि यता गसार महाकाव्यसम्बन्धी एक हजारभन्दा बढी थांका तयारम पार्नुभएको छ। पैचिङ्ग ओलम्पिक खेलकुदका अवधिमा यी थांकालाई पैचिङ्गमा प्रदर्शित गरिने कार्यक्रम छ।
स छुआन प्रान्तको कान्च तिब्बत स्वायत्त प्रिफेक्चरको संस्कृतिक ब्यूरोका प्रमुख सुंग सिंग फुले दिनुभएको जानकारीअनुसार, सन 2003 मा शुरु भएको उक्त परियोजनामा उपलव्ध गराइएको लगानीको परिमाण दुइ करोड चिनियाँ युआनभन्दा बढी पुगेको छ।
प्राप्त जानकारीअनुसार, ती थांकालाई पैचिङ्ग ओलम्पिक खेलकुदको सांस्कृतिक प्रचार-प्रसार परियोजनाको सूचीमा समावेश गरिएको छ।
|