china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    केही पश्चिमी सञ्चार माध्यमव्दारा दलाइको सारलाई उदांग
    (GMT+08:00) 2008-04-17 14:15:04    

                 पछिल्ला केही दिनदेखियता केही पश्चिमी मुलुकका सञ्चार माध्यमहरुले बारम्बार लेख प्रकाशित गर्दै तिब्बतको स्वतन्त्रता पक्षधर दलाईको सारलाई उदांगो पार्दैआएका छन।

                  हाल जर्मनीको स्टेर्न नामको साप्ताहिक पत्रिकाले यौटा लेख प्रकाशित गरी पश्चिमेहरुले दलाईलाई आदर्श मानेका छन। यसको कारण के हो भने, बौद्ध धर्मका नियमअनुसार मानिसले जन्मेदेखि नै दुनियाँसित दाँज्ने वा संघर्ष गर्ने गर्नुहुँदैन। यसैले धेरै पश्चिमीहरुको विचारमा दलाइ नरम र अहिंसात्मक स्वभावको छ। ल्हासामा भएको हिंसात्मक घटनाले पनि केही पश्चिमेहरुको विचारमा परिवर्तन ल्याउनसक्दैन। तर दलाईले पहिले शासन चलाएको तिब्बतमा भूदासको अनुपात पन्चान्नव्वे प्रतिशत थियो र अधिकांश तिब्बतीहरु पढ्ने मौका पाउँदैनथे। उसले चीन सरकारले "सांस्कृतिक उन्मूलन"को नीति लागू गरेकोमा त्यसको निन्दा गरेको छ, यो निन्दा वास्तवमा उत्तरदायित्वहीन कुरा छ।

                 अमेरिकाको "द क्रिश्टियन साइन्स मोनिटर"नामको समाचार पत्रले पन्ध्र तारीखका दिन "दलाइको अमेरिका भ्रमणबाट अमेरिका र चीनबीचको सम्बन्धलाई गोलमाल पारेको छ " शीर्षकको लेख प्रकाशित गरेको छ। सो लेखमा हाल दलाइको अमेरिका भ्रमणले अमेरिका र चीनबीचको सम्बन्धलाई असर पार्ने कुरामा चिन्ता व्यक्त गरिएको छ।

                 स्वीडेनको स्टकोहम अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान प्रतिष्ठानका एकजना विशेषज्ञका अनुसार, पश्चिमी मुलुकमा दलाइले अभिव्यक्त गरेको मन्तव्यमा सत्तरी प्रतिशत विषय राम्रो नारा मात्र हो र अर्को तीस प्रतिशत चाहीं तिब्बतको वर्तमान परिस्थितिप्रतिको चिन्ता हो। तर उस्ले पछिल्ला केही वर्षदेखियता तिब्बतको विकास, विशेषगरी भूदास व्यवस्थाकालको तिब्बत र अहिलेको तिब्बतको तुलनाबारे केही बोलेको छैन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040