china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    छिंग हाई प्रान्तद्बारा तिब्बती जातिको लोक संस्कृतिको संरक्षण
    (GMT+08:00) 2008-04-17 16:31:23    

               केही वर्षदेखियता चीनको उत्तर-पश्चिमी क्षेत्रका विभिन्न जातिहरुको बसोवास रहेको छिंग हाई प्रान्तले विभिन्न तरिका मार्फत तिब्बती जातिको लोक संस्कृतिको संरक्षण गर्नुका साथै जन-साधारणमा सिमित रहेका एक जमात तिब्बती कलाको विकास पनि गराएको छ।

               छिंग हाई प्रान्तको सांस्कृतिक विभागका अनुसार, गत वर्ष छिंग हाई प्रान्तमा तिब्बती जातिको संस्कृतिसम्बन्धी आठवटा गैह्रभौतिक सांस्कृतिक सम्पत्तिलाई पहिलो खेपको राष्ट्रिय स्तरको गैह्रभौतिक सांस्कृतिक सम्पत्तिको सूचीमा समावेश गरिएको छ भने यस वर्ष छिंग हाई प्रान्तका तिब्बती लोक संस्कृतिसम्बन्धी उनान्तीसवटा गैह्रभौतिक सांस्कृतिक सम्पतिलाई दोस्रो खेपको राष्ट्रिय स्तरको गैह्रभौतिक सांस्कृतिक सम्पत्तिको सूचीमा समावेश गरिएको छ। ती गैह्रभौतिक सांस्कृतिक सम्पत्तिहरुमा संगित, नृत्य, लोक साहित्य, रीतिथिति, तिब्बती चिकित्सा, ओपरा आदि समावेश छन।

              अहिले छिंग हाई प्रान्तमा नौजना तिब्बती जातिका लोक कलाकारलाई राष्ट्रिय गैह्रभौतिक सांस्कृतिक सम्पत्ति योजनाको परम्परा थाम्दैजाने व्यक्तिका रुपमा तोकिएको छ। सरकारले रकम जुटाएर लोक कलाको बिंडो थाम्दै जान उनीहरुलाई सहायता गरेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040