चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्यांग युले आफ्नो क्रुर भावनालाई फिर्ता लिनुका साथै चिनियाँ जनतासामु क्षमा माग्न अमेरिकाको सी.ऐन.ऐन. तथा त्यसका सञ्चालक च्याक काफेर्टीलाई चीनले पुनः आग्रह गरेको कुरा बताउनुभएको छ। प्रवक्ता च्यांग युले आज पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।
गत पन्ध्र तारिखका दिन सी.ऐन.ऐन.द्बारा प्रसारित वक्तव्यमा त्यसका सञ्चालक काफेर्टीले चिनियाँ जनतालाई प्रहार गर्ने भनाईबारे हार्दिक क्षमा नमागी बरु चिनियाँ जनता र सरकारबीचको सम्बन्धमा कलहको बीउ छरेको छ भन्दै प्रवक्ता च्यांग युले यसलाई चीनले स्वीकार गर्ननसक्ने कुरा औंल्याउनुभयो।
|