चीनको राष्ट्रिय बौद्धिक सम्पत्ति अधिकार विभागका प्रवक्ता यन सिंग फुले आज पैचिंगमा बोल्दै ओलम्पिक खेलकूदको अवधिमा बौद्धिक सम्पत्ति अधिकारको संरक्षण गर्ने उत्तम वातावरणको सिर्जना गर्ने चीन सरकारको संकल्प र क्षमता छ भन्नुभयो।
चीनको राज्य परिषदको प्रेस कार्यालयद्बारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्री यन सिन फुले भन्नुभयोः हाल चीनले कार्यान्वयन गरिरहेको सर्वाधिकार कानून, किताब अधिकार कानून र मार्का कानूनले ओलम्पिक खेलकूदको अवधिमा बौद्धिक सम्पत्ति अधिकरको संरक्षण गर्नका लागि पूर्वाधार उपलव्ध गराएका छन। यसका अतिरिक्त, सम्बन्धित विभागहरुले संरक्षणसम्बन्धी विधिविधान पनि तय गरेका छन। ती कानून र विधिविधानव्दारा ओलम्पिक खेलकूदको बौद्धिक सम्पत्ति अधिकारको संरक्षणसम्बन्धी कानूनी प्रणाली खडा भएको छ।
|