

स्थानीय समयअनुसार आज अठार तारिख सबेरै दुइ बजेर पच्चीस मिनेट जाँदा पैचिङ्ग ओलम्पिकको ज्योति बोकेको विशेष विमान भारतको राजधानी नयाँ दिल्लीबाट थाइल्याण्डको राजधानी बैंककमा पुग्यो। यस पटक पैचिङ्ग ओलम्पिक खेलकुदको ज्योति सारा विश्वमा घुमाउने क्रमको यो बाह्रौं ठाउँ हो। बैंककमा ओलम्पिक ज्योतिको स्वागत गरिएको यो पहिलो पटक पनि हो।

थाइल्याण्डले बैंककको कछाड क्षेत्रअवस्थित दाउन्मुङ्ग सैनिक विमानस्थलमा एउटा स्वागत समारोहको आयोजना गरेको थियो। पैचिङ्ग ओलम्पिक खेलकुद संयोजन समितिका कार्यकारिणी उपाध्यक्ष च्याङ्ग स्याउ यु ओलम्पिकको ज्योति बोकेर उक्त विशेष विमानबाट ओर्लनुभयो। थाइल्याण्डका लागि चिनियाँ राजदूत चाङ्ग च्यौ व्हानले उहाँको हातबाट पवित्र ज्योति पाएछि थाइल्याण्डको ओलम्पिक समितिका अध्यक्ष युथासाक सासिप्राफालाई हस्तान्तरण गर्नुभयो।


प्राप्त जानकारीअनुसार, राँको घुमाउने कार्यक्रम स्थानीय समयअनुसार भोलि दिउँसो तीन बजे शुरु हुने कार्यक्रम छ।

|