भियतनामका राष्ट्राध्यक्ष नगुयेन मीनह ट्रैटले आज सत्र तारिखका दिन बोल्दै पैचिंग ओलम्पिक खेलकुदको पवित्र राँकोको रिले कार्यम्रम सफल हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले हो ची मिंग शहरमा त्यहाँका लागि चिनियाँ महावाणिज्य दूत स्यु मिंग ल्यांगसित भेट गर्दा उक्त कुरा बताउनुभएको हो।
भियतनामले पैचिंग ओलम्पिक खेलकुदको समर्थन गरेको कुरा बताउँदै उहाँले आफूले पनि पैचिंग ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा भाग लिने जानकारी दिनुभयो। यसका साथै, उहाँले केही वर्षदेखि यता भियतनाम र चीनबीचको सम्बन्धको विकासको सकारात्मक मूल्यांकन गर्नुभयो।
श्री स्यु मिंग ल्यांगले भियतनाम, अझ विशेषगरी हो ची मिंग शहरले ओलम्पिक खेलकुदको पवित्र राँको रिले गर्नका लागि धेरै तयारी कार्य गरेकोमा धन्यवाद व्यक्त गर्नुका साथै पैचिंग ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन श्री नगुयेन मीनह ट्रैटलाई निमन्त्रणा गर्नुभयो।
|