 चीनको सरकारी समाचारपत्र "जन दैनिक"ले आज एउटा लेख प्रकाशित गरी उग्रवादी संगठन "तिब्बती युथ कांग्रेस" अब हिंसाबाट आतंकतर्फ मोडिएसकेको कुरा औंल्याएको छ।
हाल तिब्बती युथ कांग्रेसका अध्यक्ष टेवांग रिग्जिनले विदेशी सञ्चार माध्यमहरुसितको कुराकानीमा "तिब्बतको स्वतन्त्रताका लागि मानव बमको प्रयोग गर्नु एउटा नयाँ विकासको दिशा हो" भनेका छन। तर उक्त संगठनका भूतपूर्व अध्यक्ष केल्जांग फुन्टसोकले "हाम्रो कार्यका लागि हिंसाको प्रयोग गर्नसक्ने" कुरा मात्र भनेका थिए।
उक्त लेखका अनुसार, आतंकवाद मानव जातिको शान्ति र विकासको साझा शत्रु हो। तर "तिब्बती युथ कांग्रेस" को हिंसात्मक गतिविधिको सधैं नै केही पश्चिमी सञ्चार माध्यम तथा राजनीतिज्ञले समर्थन गर्नेगरेका छन। यसबाट उक्त संगठन हिंसाबाट आतंकतर्फ जाने बाटोमा दिन प्रतिदिन अघि बढिरहेको छ।
|