चीनस्थित फ्रान्सेली राजदूत हेर्भे लाद्सौसले अठार तारिखका दिन पैचिंगमा चीनका केही संचारकर्मीहरुसित भेट गर्नुभयो । सो अवसरमा उहाँले पैचिंग ओलम्पिक खेलकूदको पवित्र रांको प्यारिसमा रिले गर्दा थोरै तिब्बतको स्वतन्त्रता पक्षधरव्दारा बाधा तेर्स्याइएको र विध्वंश गरिएकोमा आफूलाई खेद लागेको कुरा व्यक्त गर्दै मौका मिल्यो भने रांको बोकेकी चिनियाँ केटी चिन चिंगसित भेट गर्ने आशा राख्नुभएको छ ।
सो अवसरमा श्री लादसौसले भन्नुभयोः म लगायत धेरैजसो फ्रान्सेलीहरुलाई चिन चिंगमाथि प्रहार गरिएको देखेर दुःख लागेको छ । उहाँले भन्नुभयोः फ्रान्स सरकारको अडान निकै स्पष्ट छ र जुन यस प्रकार छ–पैचिंग ओलम्पिक खेलकूदलाई साजनीतिकरण गर्नुहुंदैन । ओलम्पिक खेलकूद अन्तर्राष्ट्रिय समाजको एक ठुलो घटना हो र यसमा सफलता प्राप्त हुनुपर्छ ।
श्री लादसौसले भन्नुभयोः चीन र फ्रान्सबीच दौत्य सम्बन्धको स्थापना भएको चालिस वर्षदेखि यता दुई पक्षले राजनीतिक , आर्थिक , सांस्कतिक , युवकहरु बीचको आवत जावत आदि विभिन्न पक्षमा सहयोग गर्दै आएका छन् र फ्रान्सले चीनसितको यस मैत्रीपूर्ण र सहयोगी सम्बन्धलाई निकै महत्व दिएको छ । फ्रान्स र चीनको सम्बन्ध लामो समयसम्म राम्रो दिशातर्फ विकसित हुंदै जाने आशा उहांले व्यक्त गर्नुभयो ।
उहाँले के कुरा पुनर्पुष्टि गर्नुभयो भने फ्रान्स सरकारले चीनलाई सम्मान गर्दछ र तिब्बतमाथि चीनको सार्वभौमिकताको सम्मान गर्दछ ।
|