china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ्ग ओलम्पिक खेलकूदको पवित्र ज्योति मलेशियाको राजधानी क्वालालुम्पुरमा
    (GMT+08:00) 2008-04-20 19:05:45    

            स्थानीय समय अनुसार आज विहान सबेरै पैचिङ्ग ओलम्पिक खेलकूदको पवित्र ज्योतिवाहक विशेष विमान थाइल्याण्डको राजधानी बैंककबाट मलेशियाको राजधानी क्वालालुम्पुरमा पुगेको छ। यसरी नै चीनबाहिर पवित्र ज्योति रिले कार्यक्रमको तेह्रौं मुकाममा हुने रिले कार्यक्रम शुरु भएको छ।

            मलेशियाको सम्बन्धित विभागले क्वालालुम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा स्वागत समारोहको आयोजना गरेको छ। मलेशियास्थित चिनियाँ राजदूत छङ यौड ह्वा तथा क्वालालुम्पुर नगरका मेयर हाकीम बोर्हानले विमानस्थलमै पवित्र ज्योतिको स्वागत गर्नुभएको छ।

            मलेशियामा हुने पवित्र ज्योति रिले कार्यक्रम स्थानीय समय अनुसार भोली दिउँसो दुइ बजेतिर शुरु हुने भएको छ। उक्त रिले कार्यक्रमको कुल दूरी तेह्र दशमलब सात किलोमिटर जति छ र त्यस क्रममा जम्मा गरी असी जना व्यक्तिले भाग लिने भएका छन।

           उक्त रिले कार्यक्रम भएपछि पैचिङ्ग ओलम्पिक खेलकूदको पवित्र ज्योति भोली अर्को मुकाम इन्डोनेशियाको राजधानी जकार्तातिर प्रस्थान गर्ने कार्यक्रम छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040