विश्वका विभिन्न मुलुकका राजनैतिक तथा खेलकूद क्षेत्रका व्यक्तिहरुले हालै एकपछि अर्को गरी पैचिङ्ग ओलम्पिक खेलकूदको प्रतिरोध गर्ने गतिविधिको विरोध व्यक्त गर्दै उक्त ओलम्पिक खेलकूद सफलताका साथ आयोजना हुने कुरामा विश्वास व्यक्त गर्नुभएको छ।
फिन्ल्याण्डका प्रधान मन्त्री माथी भानहानेनले हिजो फिन्ल्याण्ड प्रसारण कम्पनीको टेलिभिजन कार्यक्रममा बोल्दै खेलकूद तथा राजनीतिलाई अलग्याउनु फिन्ल्याण्डको अविच्छिन्न नीति हो र आफू पैचिङ्ग ओलम्पिक खेलकूदको उद्धाटन समारोहमा भाग लिनेछु बताउनुभयो।
अन्तर्राष्ट्रिय फूटबल संघ अर्थात फिफाका अध्यक्ष जौसेफ ब्लाटरले हिजो पैचिङ्गमा पैचिङ्ग ओलम्पिक खेलकूद संयोजन समितिका अध्यक्ष लीउ छीसँग वार्ता गर्नुहुँदा पैचिङ्गको तयारी काममा प्राप्त भएको उपलब्धिको शुभकामना व्यक्त गर्नुभयो। साथै उहाँले पैचिङ्गले एउटा सफल ओलम्पिक खेलकूदको आयोजना हुने विश्वास व्यक्त गर्नुभयो।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि अन्तर्गत संस्कृति तथा ओलम्पिक शिक्षा समितिका अध्यक्ष एवम् चीनको ओलम्पिक समितिका मानार्थ अध्यक्ष ह चङ ल्याङले हिजो पैचिङ्गमा बोल्दै सबैले एउटै संसारको संरक्षण गरी साझा कल्पनालाई साकार तुल्याउन प्रयास गर्ने आशा व्यक्त गर्नुभयो।
यूरोपेली संघ परिषदका व्यापार मामिला सम्बन्धि सदस्य पिटर मान्देल्सनले हालै लण्डनमा सम्बोधन गर्दै पैचिङ्ग ओलम्पिक खेलकूदको प्रतिरोध गर्ने गतिविधिको समर्थन नगर्ने कुरा बताउनुभयो।
|