china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अरु राष्ट्रबाट नेपाल घुम्ने पर्यटकको संख्या घट्दा पनि चिनियाँ पर्यटकहरु बढिरहेका छन्
    (GMT+08:00) 2008-04-21 16:55:14    

          अन्य राष्ट्रबाट नेपाल घुम्न आउने पर्यटक घटिरहेको अवस्थामा चिनियाँ पर्यटक भने उल्लेख्य रुपमा बढेका छन्। नेपाल पर्यटन बोर्डले सि.आर.आई.लाई उपलब्ध गराएको तथ्या अनुसार चिनियाँ पर्यटकहरु सत्र प्रतिशतले बढेका छन्।

          यो वर्षको सुरुको तीन महिना जनवरी, फेब्रुअरी र मार्च महिनामा चिनियाँ पर्यटकले कूल पर्यटकहरुमध्ये पाँच प्रतिशत स्थान ओगटेका छन्। गत वर्ष 2007 का सुरुका तीन महिनाका नेपाल घुम्न आएका चिनियाँ पर्यटकको तुलनामा यो वर्ष 34 प्रतिशत बढी चिनियाँ पर्यटक नेपाल भित्रिएका छन्। आश्चर्यको कुरा नेपालमा सबैभन्दा धेरै पर्यटक आउने मुलुक जापानबाट भने गतवर्षको सुरुको तीनमहिनाको तुलनामा यो वर्ष 17 प्रतिशतले पर्यटकहरु घटेको नेपाल पर्यटन बोर्डको तथ्यांक देखाउँछ।

          गत वर्षको सुरुको तीन महिनामा तीन हजार छ सय सोरुजना चिनियाँ पर्यटकले नेपाल घुमेका थिए भने यो वर्ष चार हजार आठसय एकाउन्नजना चिनियाँ पर्यटकले नेपालको भ्रमण गरेका छन्। यसै गरी गत वर्षको मार्च महिनामा मात्र नौ सय सठसठ्ठी जना चिनियाँ पर्यटक नेपाल आएका थिए भने त्यो संख्या बाईस प्रतिशतले वृद्धि भई यो वर्षको मार्च महिनामा एक हजार एक सय चौरासी पुगेको छ।

          अहिले आएर नेपालमा धेरै पर्यटक आउने राष्ट्र जापान र दक्षिण कोरियापछि चीन देखा परेको छ। नेपालमा चिनियाँ पर्यटकहरु आउन थालेको त्यति धेरै भएको छैन। तर छोटो समयमा चिनियाँ पर्यटकहरु बढ्नु दुई देशबीचमा युगौँदेखि अत्यन्त राम्रो सम्बन्ध विकसित रहेको विज्ञहरु बताउँछन्।

          चीनले नेपाललाई भ्रमण गन्तव्यमा राखेको, चीनमा नेपालको बारेमा राम्रो प्रचार प्रसार भएको हुनाले चिनियाँ पर्यटकहरु नेपालप्रति आकषित भएका हुन्। यस बाहेक चिनियाँ पर्यटकलाई नेपाल सरकारले भिसा नि:शुल्क गरेको, चिनियाँ सर्कमचारी भिसा बिना नै नेपाल प्रवेश गर्ने प्रावधान राखेको कारण पनि चिनियाँ पर्यटकहरु नेपाल घुम्न लालायित भएका हुन्।

          चेतनाथ आचार्य

          सि.आर.आई.

          काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040