ओलम्पिकको पवित्र ज्योति हिजो क्वालालम्पुर पुग्यो। ओलम्पिकको पवित्र ज्योतिको स्वागत गर्नका लागि मलेशियास्थित चिनियाँ राजदूताबासले एउटा भव्य भोजको आयोजना गरेको थियो।
सो अवसरमा बोल्दै मलेशियाका लागि चिनियाँ राजदूत छङ्ग युङ्ग ह्वाले विश्वभरि पैचिङ्ग ओलम्पिकको राँकोको रिलेले विश्वलाई चिनियाँ जनताको मित्र बनाएर "शान्ति, मेलमिलाप, एकता र मित्रता" को ओलम्पिक भावना जगाउनुका साथै विश्वभरिका शान्तिकामी र ओलम्पिक भावनाप्रेमी जनताको स्वागत र समर्थन पनि हासिल गरेको कुरा बताउनुभयो।
मलेशियाको ओलम्पिक समितिका अध्यक्ष पुन्कु इमरानले विश्वमा ओलम्पिक ज्योतिको रिले कार्यक्रमले विश्वलाई खुशी तुल्याएको विचार व्यक्त गर्नुभयो।
|