
चीनको भ्रमणमा रहनुभएका फ्रान्सेली सिनेटका प्रमुख क्रिस्टिएन पोन्सेलेटले आज शाँग हाई फु तोंग विमानस्थलमा ओर्लनुभएपछि सीधै शाँग हाई नगर अपाँग खेलकूद तालिम केन्द्र पुगेर ओलम्पिकको राँको बोक्ने चिनियाँ केटी चिंग चिंगसित विशेषरुपमा भेट गर्नुभयो। उहाँले फ्रान्सेली राष्ट्रपति निकोलास सार्कोजीले सुश्री चिंग चिंगलाई पठाउनुभएको सान्त्वना पत्र हस्तान्तरण गर्नुभयो।
ओलम्पिकको राँको बोक्ने अपांग केटी सुश्री चिंग चिंग अप्रिल सात तारिखका दिन फ्रान्सको पेरिसमा आयोजित पैचिंग ओलम्पिक खेलकूदको राँको रिले कार्यक्रमका बेला "तिब्बतको स्वतन्त्रता पक्षधर तत्व"बाट गरिएको गंजागोलमा परेकी थिइन।
|