
पैचिङ्ग ओलम्पिक खेलकुदको राँको घुमाउने गर्ने कार्य आज एक्काईस तारिखका दिन मलेसियाको राजधानी क्वालालम्पूरमा भैरहेको समाचार छ।
क्वालालम्पुर पैचिङ्ग ओलम्पिक खेलकुदको राँको घुमाउने तेह्रौं स्थान हो। राँको घुमाउने कार्य चार घण्टासम्म चलेको थियो जसको कूल दूरी सोह्र किलोमिटर थियो। त्यसमा असीजना मानिस सहभागी भएका थिए।

त्यसपछि पैचिङ्ग ओलम्पिक खेलकुदको राँको इन्डोनेशियाको जाकार्ता पुर्याइने कार्यक्रम छ।
|