भियतनामी प्रधानमन्त्री नगुएन तान दुंगले यसै महिनाको अन्ततिर हो चिन मिन्ह शहरमा हुने पैचिंग ओलम्पिक खेलकूदको राँको रिले कार्यक्रमलाई पक्कै पनि सुरक्षित तुल्याउनुपर्ने कुरामा जोड दिनुभएको छ।
प्रधानमन्त्री नगुएन तान दुंगले हो चिन मिन्ह शहरमा हुने पैचिंग ओलम्पिक खेलकूदको राँको रिले कार्यक्रम, भियतनामको राष्ट्रिय एकीकरण दिवस तथा मे एक अन्तर्राष्ट्रिय श्रम दिवसका अवधिको व्यवस्था र सुरक्षालाई सुनिश्चित पार्ने विषयक हिजो हनोईमा आयोजित बैठकलमा बोल्दै उक्त कुरा बताउनुभएको हो।
थाहा भएअनुसार, पैचिंग ओलम्पिकको राँको रिले कार्यक्रम अप्रिल उनान्तीस तारिखका दिन हो चि मिन्ह शहरमा हुनेछ।
|