china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पाकिस्तानद्बारा पैचिंग ओलिम्पिक खेलकूदका लागि राँको रिले कार्यक्रममा महत्वपूर्ण ध्यान दिइएको विषयको दोश्रो भाग
    (GMT+08:00) 2008-04-22 09:03:12    

          "मेलमिलाप यात्रा" नामक विषयवस्तुमा रहेको पैचिंग ओलिम्पिक खेलकूदका राँको रिले कार्यक्रमको नारा चाहिं "उत्साहलाई प्रज्वलित गरौं, सपनाको हातेसार गर" भन्ने रहेको छ। राँको बोक्ने दूत छान्ने सिद्धान्तहरुमध्येको एक चाहिं "मेलमिलाप यात्रा" भन्ने विषयवस्तुमा आधारित हुनुपर्दछ। पाकिस्तानले पनि यस सिद्धान्त मानेर राँको बोक्ने दूत छानेको हो। पहिलो खेपमा छनौट गरिएका ती छजना राँको बोक्नेहरुमध्ये तीनजना चाहिं वातावरण संरक्षणसित सम्बन्धित गैर सरकारी संगठनका प्रतिनिधिहरु छन्। श्रीमती यास्मिन राशिद तीमध्येकी एक हुन्। उहाँ पाकिस्तानको गैरसरकारी संस्था जल किफायत संघका संस्थापकहरुमध्येकी एक हुन्। उहाँले हाम्रा पत्रकारलाई दिनुभएको अन्तर्वार्तामा आफ्नो उद्‍गार पोख्दै भन्नुभयो-

          "राँको बोक्ने दूतको हैसियतमा मलाई छानेकोमा असाध्यै आत्म-गौरव लागेको छ। किनकि सारा विश्वका लागि ओलिम्पिक खेलकूद एक ज्यादै महत्वपूर्ण घटना हो। जसले सबै खेलाडी र सबै मुलुकहरुलाई भेला गराउने मात्र नभइ अझ मानिसहरुलाई खेलाडीले झैं प्रतिस्पर्धा गर्न सिकाएको छ र सफलता र पराजयको कसरी सामना गर्ने भन्ने कुरा सिकाएको छ। म ओलिम्पिक खेलकूदको राँको बोक्ने दूत बन्न पाएकोमा धेरै मानिसलाई मेरो लागि गौरव लागेको छ"।

          उता यस कार्यक्रमका लागि पाकिस्तानस्थित चिनियाँ राजदूताबासले पनि यथेष्ट तम्तयारी गरिसकेको छ। त्यसले पाकिस्तानका सम्बन्धित जिम्मेवार व्यक्तिसित घनिष्ठ सम्पर्क र आदान प्रदान गर्दै राँको पाकिस्तानभित्र सकुशल र सुरक्षित रुपमा पार हुनका लागि सविस्तृत योजना बनाएको छ। यस कार्यक्रमको जिम्मा लिने सदस्यहरुमध्येको एक, चिनियाँ राजदूताबासको साँस्कृतिक विभागका प्रमुख शान पाउ श्याँगले यो कार्यक्रम सफल हुने कुरामा आफू पूरा विश्वस्त रहेको बताउनुभयो-

          "पाकिस्तानी ओलिम्पिक खेलकूद समिति र सम्बन्धित विभागले निकै महत्व दिएका छन्। हाम्रो राजदूताबासले पनि उस्तै महत्व दिएको छ। हामीले राजदूत प्रमुख रहनुभएको राँको रिले कार्यक्रमको नेतृत्वकारी टोलीको स्थापना गरेका छौं। सो टोली भित्र पनि धेरै दलहरुमा विभाजित गरिएको छ। प्रत्येक दलको आ-आफ्नो जिम्मा छ। अहिले ती सबै दलहरुले सर्वतोमुखी रुपमा सम्बन्धित कार्य थालिसकेका छन् र सबै कार्य सुचारु रुपमा चलीरहेको छ। पाकिस्तानका प्रधानमन्त्री र राष्ट्रपतिले पनि यस कार्यक्रममा उच्च महत्व दिनुभएको छ। पाकिस्तानका सम्बन्धित विभागको सक्रिय सहयोगमा यस कार्यक्रम पक्कै नै सफल हुनेछ"।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040