

स्थानीय समयअनुसार, आज तेईस तारिख विहान सात बजेर पचास मिनेट जाँदा पैचिङ्ग ओलम्पिकको राँको बोकेको विशेष विमान इन्डोनेशियाको राजधानी जाकार्ताबाट अस्ट्रेलियाको राजधानी कैन्बरा पुग्यो। यो पैचिङ्ग ओलम्पिकको पवित्र राँको रिले गर्ने क्रमको चीन बाहिरको पन्ध्रौं स्थान हो।

विमान स्थलमा पैचिङ्ग ओलम्पिक खेलकुदको राँको रिले कार्यसम्बन्धी प्रधान निर्देशक च्याङ्ग स्याउ युले आयोजित स्वागत समारोहमा संक्षिप्त कुराकानी गर्नुभयो। उहाँले ओलम्पिक खेलकुदको राँको कैन्बरामा आइपुगेकोमा खुशी व्यक्त गर्नुभयो किनकि अस्ट्रेलियाले दुई पटक ओलम्पिक खेलकुद प्रतियोगिताको आयोजना गरिसकेको छ। त्यसै भएको हुनाले सो पवित्र राँकोले " शान्ति, मैत्री र प्रगति" भन्ने ओलम्पिकको भावनालाई झन् बढी बुझ्दैआएको कुरामा विश्वास व्यक्त गर्नुभयो।

योजनाअनुसार, कैन्बरामा राँको रिले कार्यक्रम भोलि चौबीस तारिख विहान आठ बजेर तीस मिनेट जाँदा शुरु हुनेछ।


|