
चीनको तिब्बती शास्त्र अनुसन्धान केन्द्रका उप-प्रमुख, अनुसन्धानकर्ता डा.गलेकले हाल हाम्रा सम्वाददातासँग कुराकानी गर्दै समग्र रुपबाट हेर्दा तिब्बती जातिको पूराना बंशको संस्कृति चीनको पूरानो संस्कृतिको एउटा महत्वपूर्ण भाग रहेको कुरा वताउनुभयो। उहाँका अनुसार, तिब्बती जातिको आदिम संस्कृतिकालदेखि तिब्बती संस्कृति चीनको पूरानो संस्कृतिसँग मेलमिलापका साथ बाँचिरहेको छ। स्वदेश र विदेशका शत्रु शक्तिले पहिलेदेखि तिब्बतलाई चीनबाट टुक्र्याउन खोजे तापनि अन्त्यमा विफल भएको, तिब्बत चीनको एउटा अविभाज्य भाग हो भन्ने ऐतिहासिक स्थानमा अहिलेसम्म परिवर्तन नहुनुको कारण यो हो।
डा.गलेकका अनुसार, उहाँले दश वर्षभन्दा बढी समय लगाएर लेख्नुभएको शोधपत्रमा प्राप्त गरिएको महत्वपूर्ण परिणाम उक्त कुरा हो। त्यसलाई स्वदेश र विदेशका झन्-झन् बढी विद्वान तथा विशेषज्ञहरुद्वारा स्वीकार गरिएको छ।
|