बेइजि ओलम्पिक 2008 सुरु हुनुभन्दा ठीक सय दिन अगाडि काठमाडौँमा ओलम्पिक र्यालीको आयोजना हुन लागेको हो। आज बिहान राष्ट्रिय खेलकूद परिषदको कार्यकक्ष त्रिपुरेश्वरमा विभिन्न संघसंस्थाको संयुक्त बैठकले ओलम्पिक र्याली आयोजना गर्ने निर्णय गरेको हो।
यही अप्रिल 30 तारिख बुधबार बिहान साढेसात बजे दशरथ रंगशालामा भेला भएर बाजागाजा सहित र्याली सुन्धारा, नयाँसडक गेट हुँदै बसन्तपुर प्राङ्गणमा गएर समारोहमा परिणत हुनेछ। एउटै संसार एउटै सपना नारासहित बेइजि ओलम्पिक 2008 को सफलताका लागि विभिन्न प्लेकार्ड, व्यानर, झण्डा, बेलुन बोकेको र्याली वसन्तपुर प्राङ्गगण पुगेपछि बेइजिङ ओलम्पिक 2008 को काउन्टडाउन समारोहको थालनी हुनेछ। ससमारोहलाई प्रमुख अतिथि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गर्नुहुने कार्यत्रmम रहेको छ।
योगिनी नृत्य, मारुनी नृत्य, धिमेबाजा तथा विभिन्न सांस्कृतिक पहिरन सहित र्यालीमा सहभागीले नेपालको झण्डा, मित्रराष्ट चीनको झण्डा, ओलम्पिकको झण्डा तथा बेइजिङ ओलम्पिक 2008 का झण्डा, प्लेकार्ड र बेलुनहरु बोकेका हुनेछन्। यस र्यालीको आयोजकहरुमा राष्ट्रिय खेलकूद परिषद, नेपाल चाइना फ्रेण्डशीप युथ एसोसिएन, सि.आर.आई.श्रोता क्लबहरुको राष्ट्रिय परिषद नेपाल, नेपाल हिमालय सिमापार वाणिज्य संघ, अरनिको समाज तथा नेपाल चीन कार्यकारी परिषद जस्ता संस्थाहरु रहेका छन्।
नेपालमा बेइजि ओलम्पिक 2008 को प्रचारप्रसार गर्न तथा बेइजि ओलम्पिक 2008 सुरुहुनुभन्दा एक सय दिन अगाडि उल्टो गन्ती काउन्टडाउनलाई विशेष समारोहका रुपमा मनाउन यस प्रकारको र्याली प्रदर्शन गर्न लागिएको आयोजकहरुले बताएका छन्।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|