china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतलाई संख्याबाट हेर्दा (तेस्रो भाग)
    (GMT+08:00) 2008-04-24 11:47:58    

             यातायातको क्षेत्रको कुरा गर्दा,पहिलेको तिब्बतमा एउटा पनि राजमार्ग थिएन। गत वर्षसम्म तिब्बतमा उनान्चास हजार किलो मिटर राजमार्ग सन्चालनमा आएको छ। सन 2006को जूलाइमा छिंगहाई-तिब्बत रेल-मार्ग सन्चालनमा आएकाले अन्य क्षेत्रसँग अलगिएको तिब्बतको इतिहासको अन्त्य भएको छ।

             प्रजातन्त्रिक अधिकारको क्षेत्रको कुरा गर्दा,सन 1961 मा तिब्बतका विभिन्न क्षेत्रमा इतिहासमा पहिलो पटक आम निर्वाचनमा सहभागी भएर मुक्त भू-दासले पहिलो पटक प्रजातान्त्रिक अधिकार हासिल गरेका थिए। सन1965 मा तिब्बत स्वायत प्रदेश स्थापित भएपछि तिब्बती जनताले कानून र संविधानद्बारा दिइएको मतदानको अधिकार र आफू उम्मेदवार बन्नेपाउने अधिकारको उपभोग गरिरहेका छन। तिब्बती जाति र अन्य थोरै जातिका कार्यकर्ता तिब्बत स्वायत्त प्रदेशका कूल कार्यकर्ताको मुख्य भाग बनेका छन। सम्बन्धित तथ्यांकअनुसार,सन 2006को अन्तसम्म तिब्बती जाति र अन्य अन्पसंख्यक जातिका कार्यकर्ताको संख्या साठी हजार पुगेको छ,यो संख्या तिब्बत स्वायत्त प्रदेशका कूल कार्यकर्ताहरुमा सत्तरी प्रतिशत हो।

             संस्कृतिको क्षेत्रको कुरा गर्दा,सरकारले तिब्बतका पूरातात्त्विक वस्तुको संरक्षणका लागि जम्मा सत्तरी करोड चिनियाँ युआन लागानी गरेर चौध सयभन्दा बढी धार्मिक कार्यकलाप गर्ने स्थानलाई खुला गरेको छ। सय वर्षमा सरकारले बाईसवटा पुरातात्विक र बास्तुको जीर्णोद्दार गर्न सन्ताउन्न करोड चिनियाँ युआनको लगानी परियोजना सञ्चालन गरेको छ। हाल सारा तिब्बत स्वायत प्रदेशमा विभिन्न किसिमका सांस्कृतिक र कला क्षेत्रका कर्मचारीहरुको संख्या चार हजार छ तीमध्ये नब्बे प्रतिशत भाग तिब्बती जाति मानिसले ओगटेका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040