china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    काठमाडौँमा भोलिदेखि चिनियाँ व्यापार मेला 2008 सुरु हुने भएको छ
    (GMT+08:00) 2008-04-25 20:06:19    

          दुई देशबीचको व्यापारलाई बढाउने उद्देश्यले नेपाल चीन कार्यकारी परिषदद्बारा आयोजित चिनियाँ व्यापार मेला भोलिदेखि सुरु हुँदैछ। परिषदद्बारा आज आयोजित पत्रकार सम्मेलनमा व्यापार मेलासम्बन्धी जानकारी गराइएको हो।

          नेपाल चीन कार्यकारी परिषदका अध्यक्ष अनुपरन्जन भट्टराईले पत्रकार सम्मेलनमा जनाउनु भए अनुसार मेला अपि्रल 25 तारिख भोलिदेखि 28 तारिखसम्म सञ्चालन हुनेछ। काठमाडौँको नयाँ बानेश्वरमा रहेको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना हुने यस मेलामा चीनमा उत्पादित सामानहरुको प्रदर्शनी गरिन्छ। मेलामा भाग लिनका लागि चीनको सिचुवान, तिब्बत लगायत थुप्रै प्रान्तबाट चिनियाँ कम्पनीका प्रतिनिधहरु काठमाडौँ आइसकेका छन्।

          मेला तथा प्रदर्शनी कक्षबाटै चिनियाँ सामानको विक्री वितरण पनि हुनेछ। चीनमा बनेका विद्युतीय सामग्री, घरायसी प्रयोगका सामान, लत्ताकपडा आदि नेपालमा निकै लोकपि्रय मानिन्छन्।

           हरेक वर्ष नेपाल चीन कार्यकारी परिषदले यस प्रकारका चिनियाँ व्यापार मेलाको आयोजना गर्ने गरेको छ। गतवर्षको मेलामा एउटा प्रदर्शनी कक्ष चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले समेत राखेको थियो। चीनमा आयोजना हुँदै गरेको वेइजि ओलम्पिक 2008 नजिकिँदै गरेका बेला यस प्रकारको व्यापार मेला महत्वपूर्ण हुने आयोजकहरुले बताएका छन्।

          यसै सन्दर्भमा आगामी मे महिनाको 25 तारिखदेखि 28 तारिखसम्म चीनको सिचुवान प्रान्तको छन्दुमा हुने वेस्टर्न चिनियाँ मेलामा नेपालले पनि भाग लिने भएको छ। नेपाल चीन कार्यकारी परिषद र नेपाल उद्योग वाणिज्य महासंघको पहलमा छन्दुमा आयोजना हुने सो मेलामा दसवटा प्रदर्शनी कक्ष नेपालका लागि उपलब्ध हुने भएको हो। विभिन्न राष्ट्र कम्पनीहरुले भाग लिने सो मेलामा नेपालका कम्तिमा दसवटा कम्पनीहरुले भाग लिने कुरा परिषदका अध्यक्ष भट्टराईले सि.आर.आई.लाई बताउनुभयो।

          चेतनाथ आचार्य

          सि.आर.आई.

          काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040