गणतन्त्र कोरियाको ओलम्पिक समितिका प्रमुख जुंग किल किमले आज बोल्दै गणतन्त्र कोरिया सरकार, सिउल नगर सरकार तथा गणतन्त्र कोरियाको ओलम्पिक समितिले पैचिङ ओलम्पिक खेलकुदको पवित्र राँको रिले कार्यक्रम भोली सिउल शहरमा सुचारु रुपमा चल्न प्रत्याभूति दिन सर्वोतोमुखी तयार गरेको कुरा व्यक्त गर्नुभयो।
गणतन्त्र कोरियास्थित चिनियाँ पत्रकारहरुलाई दिनुभएको संयुक्त अन्तर्वार्तामा श्री जुंग किल किमले गणतन्त्र कोरियाले पवित्र राँकोको सुरक्षाका लागि विस्तृत कदम चाल्ने कुरा वताउनुभयो।
पैचिङ ओलम्पिक खेलकुदको पवित्र राँको रिले कार्यक्रम भोली सिउल शहरमा हुने भएको छ।
|