हिजो दिउंसो प्रजातात्त्रिक जन गणतन्त्र कोरियाका लागि चिनियां राजदूत लिउ स्याउ मिंगले पत्रकारसित कुराकानी गर्दा महासचिव किम जोंग इलको हेरचाहमा पूरै उत्तर कोरिया तत्पर भइसकेको कुरा बताउनुभयो । उहांका अनुसार उत्तर कोरियाले प्योंग यांगमा हुने पैचिंग ओलिम्पिक खेलकुदको रांकोको रिले कार्यक्रमलाई महत्व दिने छ ।
प्यांग यांग पैचिंग ओलिम्पिक खेलकुदको रांकोको रिले कार्यक्रम अर्थात् मेलमिलापयुक्त यात्राको अठारौं मुकाम हो । राजदूत लिउ स्याउ मिंगका अनुसार यस पल्ट ओलिम्पिकको रांको प्योंग यांगमा पहिलो पल्ट पुग्नेछ । दक्षिण र उत्तर कोरियाका बीच ओलिम्पिक रांकोको रिले कार्यक्रम हुने यो पहिलो पल्ट हो ।
योजना अनुसार ओलिम्पिक खेलकुदको रांको भोलि बिहान सबेरै सौलबाट प्योंग यांगसम्म पुग्नेछ ।
|