
पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र ज्योति आज गणतन्त्र कोरियाको राजधानी सौलमा सफलताका साथ घुमाइएको छ।

सौल पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र ज्योति विदेशमा घुमाइने क्रममा रहेको सोह्रौं मुकाम पनि हो जुन सन् 1988ग्रीष्म ओलम्पिक खेलकुदको आयोजना गर्ने शहर पनि हो। सौलको स्थानीय समय अनुसार आजै दिउँसो दुइ बजेर अठार मिनेट जाँदा गणतन्त्र कोरियाका खेलकुद समितिका प्रमुख किम जोङ्ग किलले राँको रिले कार्यक्रमको शुरुवात अर्थात् सौल ओलम्पिक खेलकुद उद्यानको शान्ति चोकबाट प्रस्थान गरी राँको रिले कार्यक्रमको पनि उद्धाटन गर्नुभएको छ।

सौलमा राँको रिले कार्यक्रम सम्पन्न भएपछि पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र ज्योतिलाई भोलि उत्तर कोरियाको राजधानी प्याङयाङमा घुमाइने भएको छ। ओलम्पिक खेलकुदको पवित्र ज्योति उत्तर कोरियामा पुर्याइने यो पहिलो पटक पनि हो।

|