 तिब्बत स्वायत्त प्रदेशको पर्यटन ब्यूरोका अनुसार,सम्बन्धित सबै पूर्वधार पूरा भएपछि तिब्बतले विदेशी पर्यटकलाई सकेसम्म छिटो स्वागत गर्नेछ।
तिब्बत स्वायत्त प्रदेशको पर्यटन ब्यूरोका उप-प्रमुख टानौरले हाल तिब्बतको सामाजिक परिस्थिति आधारभूतरुपमा सामान्य हुनुका साथै सामाजिक सुरक्षाको आवस्थामा पनि सुधार भएको कुरा बताउनुभएको छ।
उहाँका अनुसार, मे माहिनाको एक तारिख अन्तर्राष्ट्रिय श्रमिक दिवश र त्यसपछि तिब्बत जाने पर्यटकहरुको संख्या निकै बढ्नेछ। त्यस कारण तिब्बतको पर्यटन ब्यूरो र पर्यटन कम्पनीले पर्यटकहरुको स्वागतका लागि तयारी गरिरहेका छन। स्वागत कार्य र सुरक्षा कार्यसम्बन्धी पूर्वधार तयार भएपछि तिब्बतले विदेशी पर्यटकहरुलाई पनि निम्त्याउने छ।
|