
पैचिङ्ग ओलम्पिक खेलकुद शुरु हुन एक सय दिन बाँकी रहेको उपलक्ष्यमा अस्ति एक सयजना प्रसिद्ध चिनियाँ खेलाडीले विभिन्न ठाउँबाट पैचिङ्गमा भेला भई दुइ हजार एक सय पच्पन्नजना स्वयंसेवहरुसँग आफ्नो शरीरमार्फत एउटा विशाल पोस्ट कार्ड बनाउनुभयो।
सो अवसरमा प्रसिद्ध चिनियाँ खेलाडी ली निंगले खेलाडीहरुको प्रतिनिधित्व गरी "पैचिङ्ग ओलम्पिक खेलकुदलाई सारा विश्वका खेलाडीको साझा रमणीय स्मृति बनाऔं" भन्ने सुझाव पत्र पढ्नुभएको थियो। त्यसपछि एक सयजना खेलाडीले सुझाव उक्त पत्रमा हस्ताक्षर गर्नुभयो।
यसका अतिरिक्त, अन्य धेरै चिनियाँ खेलाडीले पनि विभिन्न तरिकामार्फत सो कार्यक्रमको समर्थन गर्नुभएको छ।
|