 पैचिंग ओलम्पिक खेलकुदको आयोजना गर्न एक सय दिन बाँकी रहेको उपलक्ष्यमा "शान्तिपूर्ण ओलम्पिक, हरेक मानिसको जिम्मा—अनिवार्य रुपमा सुरक्षाको सरंक्षण" भन्ने तूल झुण्ड्याइएको शाँग हाइ दक्षिण रेलवे स्टेशनमा ठूलो खाले सुरक्षाको संरक्षण तथा व्यवस्थापन विषयक प्रचार कार्यक्रम शाँग हाइ सार्वजनिक सुरक्षा विभागद्वारा आयोजित भयो। यो कार्यक्रमले फोटोहरु, प्रदर्शन प्लेट र मानिसलाई सम्बन्धित प्रचार सामग्री वितरणमार्फत मानिसलाई ओलम्पिकसम्बन्धी सुरक्षाको संचालनसम्बन्धी नियम तथा कदमबारे प्रचार गरेको छ।
शाँग हाइ सन 2008 पेइचिँग ओलम्पिक खेलकुदको सहायक शहरहरुमध्येको एक हो। पेइचिँग ओलम्पिक खेलकुदको अवसरमा शाँग हाइमा नौ पल्ट फुटबल प्रतियोगिताको आयोजना हुनेछ। घना जनसंख्या विशेष गरी ठूलो मात्रा अस्थीर आवासीय जनसंख्या भएका कारण शाँग हाइको ओलम्पिकको सुरक्षाको संरक्षणसम्बन्धी कार्यको कठिनाइ थपिने छ।
|